सिन्धुली । बीपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको सिन्धुलीतर्फको ६ सय मिटर ट्र्याक खोलिएसँगै नेपालथोकबाट काभ्रेको माम्तीसम्मको यातायात सञ्चालनमा आउने भएको छ । नेपालथोकदेखि काभ्रेको माम्ती चार किलोमिटर छ ।
नेपालथोक–बर्खेखोलाको ट्र्याक निर्माणसँगै आज बिहीबारबाट सिन्धुलीतर्फको यातायात सञ्चालनमा आइसकेको छ ।
डिभिजन सडक कार्यालय खाल्टेका अनुसार, रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर चार दिनअघिदेखि ट्र्याक खोल्न थालिएकोमा आज बिहान सफलता मिलेको हो । यसका लागि रोशीलाई तर्काएर खोलाकै ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको छ ।
उता, काभ्रेको चौकीडाँडाबाट समेत अस्थायी सडक निर्माण सुरु भएको छ । अब काभ्रेतर्फबाट ट्र्याक खोलेपछि शनिबार दिउँसोसम्ममा बीपी राजमार्गबाटै काठमाडौं आवतजावत हुने प्राविधिकहरूको आंकलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया