जेनजी र अनेरास्ववियुबिचको तनाबपछि माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा

लोकपथ
4.5k
Shares

काठमाडौं । माइतीघरदेखि नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

जेनजी आन्दोलनसँग सम्बन्धित गतिविधि र विभिन्न पक्षबिचको तनाबपछि प्रहरीले ती क्षेत्रमा उच्च सतर्कता अपनाएको हो ।

सुरक्षा निकायका अनुसार अहिले माइतीघर, नयाँ बानेश्वर र आसपासका क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ ।

हालै जेनजी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । सोपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी समूहका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गरेको हो ।

जेनजी समूहको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिने क्रमसँगै माइतीघरमा टाँगिएका ब्यानर हटाउने र नयाँ ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो । यसै कारण प्रहरीले सो क्षेत्रलाई संवेदनशील मानेर कडा निगरानीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?