काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन् ।
लिङ्देनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरूको मात्रै नभई उनीहरूको परिवार, नातेदार र निकट व्यक्तिसम्म पनि छानबिनको दायरा विस्तार गर्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ। तर छानबिन नेताको मात्र गरेर पुग्दैन, उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ।’
राप्रपा अध्यक्ष लिङ्देनले नेताहरूको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने माग आफूहरूले लामो समयदेखि उठाउँदै आएको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया