काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।
निर्वाचनको मिति घोषणा गरी कार्यतालिका सार्वजनिक गर्दा दलहरूसँग कुनै छलफल नगरेको भन्दै सरकार र आयोग दुवैप्रति आलोचना हुँदै आएको थियो ।
सोही आलोचना पछि आयोगले आगामी असोज ३० गते दलहरूसँग बैठक बोलाएको हो ।
आयोगका अनुसार उक्त छलफलमा निर्वाचन तयारी, व्यवस्थापन र आचारसंहिता सम्बन्धी विषयमा विस्तृत कुराकानी हुने बताइएको छ ।
आयोगले निर्वाचनमा भाग लिन दर्ता भएका सबै दललाई छलफलका लागि निमन्त्रणा पठाइसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया