जेनजी आन्दोलनपछि क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डे

लोकपथ
84
Shares

तनहुँ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको आज निरीक्षण गरेका छन् ।

गत भदौ २४ गते आन्दोलनको क्रममा क्षति पुगेका जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र जिल्ला समन्वय समितिको कार्यालय सहितका कार्यालयहरूको निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले क्षतिको विवरणबारे चासो राखेका थिए । उनले हाल चलिरहेको सेवाप्रवाह र वैकल्पिक व्यवस्थाका माध्यमबाट जनतालाई सहज सेवा सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी ले नयाँ नागरिकता तथा प्रतिलिपि सेवाहरू पुनः सुरु गरिएको जानकारी दिए । पाण्डेले भवन पुनः प्रयोग गर्न असुरक्षित भएकाले कृषि ज्ञान केन्द्रलाई प्रशासन कार्यालय स्थानान्तरणको सम्भावित विकल्पका रूपमा हेरेको बताए ।

निरीक्षणमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, प्रहरी उपरीक्षक टेकबहादुर कार्की लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?