काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशैभरि जाहेरी दिने तयारी गरेको छ ।
अनेरास्ववियुले जेनजी आन्दोलनको क्रममा उनीहरुको अगुवाइमा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएको आरोप लगाएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीले भने, ‘सार्वजनिक सम्पत्ति, अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । यस विषयमा आजदेखि जिल्ला–जिल्लामा जाहेरी दिने प्रक्रिया सुरु गर्नेछौँ ।’
यसअघि मंगलबार अनेरास्ववियु जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेको थियो, तर दर्ता हुन सकेको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरी २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया