काठमाडौं । गत शनिबार र आइतबारको अविरल वर्षाले तरकारी तथा हरियो सागको आपूर्ति प्रभावित हुँदा काठमाडौंको कालीमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ ।
अविरलको वर्षासँगै पहिरो खस्दा उपत्यकासँग छिमेकी जिल्लाको सडक नेटवर्क अवरुद्ध हुँदा तरकारी भित्रिन नपाएको हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो ।
सकडमार्ग अवरुद्ध भएको कारण गाउँका उत्पादकहरूले साग तथा तरकारी काठमाडौं ल्याउन पाएका छैनन् ।
सोही कारण सामान्यतया २ सय रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुने तरकारीका मूल्य ६ सय रुपैयाँसम्म पुगेको छ ।
कालीमाटी तरकारी बजारका व्यवसायी रामकृष्ण दुवालकाअनुसार दसैँअघि दैनिक तीन–चार हजार केजी तरकारी तथा सागसब्जी कालीमाटी बजारमा भित्रिने भएपपनि दसैँको समयमा यो परिमाण घटेर दुई–तीन क्विन्टलमा झरेको थियो ।
जसले स्थानीय बासिन्दाहरूलाई समेत पर्याप्त रूपमा तरकारी उपलब्ध गर्न समस्या भएको उनको भनाइ छ । वर्षाले सडक तथा बाटोमा पानीको सतह बढाउँदा ग्रामीण क्षेत्रबाट तरकारीको पूर्णतः ढुवानी हुन नसकेकोले आपूर्तिमा समस्या भइरहेको उनको भनाइ छ ।
उनले भने,‘अविरल वर्षाको कारण दसैँ पछाडि बजार तरकारी आएन । त्यस कारण दसैँसँगै आएको अविरल वर्षाको कारण दुई सय पर्ने तरकारी किलोको ६ रुपैयाँसम्म पुगेको छ । धनिया मात्र पनि दसैँभन्दा पहिले दुई सय रुपैयाँमा पाइन्थ्यो । अहिले ८ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । पानी परेर गाउँबाट ल्याउन नसकिएकै कारण हरियो साग र तरकारीको भाउ दोब्बरभन्दा बढीले बढ्यो । दसैँमा तरकारीको आपूर्ति कम भयो । तीन चार हजार आउनुपर्ने तरकारी र सागहरू दसैँको समयमा दुई, तीन क्वीन्टल मात्र आयो । त्यो तरकारीले त यहाँको स्थानीयलाई पनि पुगेन । त्यो समयमा धनिया किलोको ८ सय, पालक किलोको ३ सय अनि गोलभेडा किलोको १ सय रुपैयाँ पनि पुग्यो । त्यस कारण पाउँदै नपाउने अवस्था त भएन । तर आपूर्ति कम र माग बढी हुँदा महँगियो ।’
सडक सञ्जाल खुलेसँगै तरकारी आपूर्ति सहज हुने व्यवसायीहरूको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया