सरकारलाई महेश बस्नेतको चेतावनी : ‘मलाई पक्राउ गरेर देखाउनुस्’

लोकपथ
497
Shares

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । 

एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिए लगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् । 

नेता बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए । 

उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान आफू तयार भए पनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेनजी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस् ।’

नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?