काठमाडौं । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरेको छ ।
मन्त्रालयले बिदा स्वीकृत नगरी साउन १४ देखि कार्यालयमा अनुपस्थित रहेको भन्दै उनलाई सेवाबाट हटाउने तयारी गरेको हो । उनी कैलालीको धनगढी उपमहानगरपालिका–१ की स्थायी बासिन्दा हुन् ।
सचिवस्तरको असोज २० गतेको निर्णयअनुसार उनलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी’ बर्खास्त गर्ने प्रक्रिया अघि बढाइएको छ । साथै, आजको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कारण पेस गर्ने मौका पनि दिइएको छ ।
आईडी नम्बर १६९१ बाहक उनी नेपाल एपीएफ अस्पताल बलम्बुमा कार्यरत थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया