काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे ४४ देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने भएकी छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक लगानी, पर्यटक आगमनमा आएको कमी लगायतका विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले छलफलपछि आवश्यक निर्देशन दिने बताइएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीले पछिल्ला नीतिगत चुनौती र अवसरका विषयमा राजदूतहरूबाट प्रत्यक्ष प्रतिक्रिया लिने तयारी गरेकी छन् ।
हाल जेनजी आन्दोलन पश्चात् विभिन्न देशले भिजिट भिसामा कडाइ गरेको पृष्ठभूमिमा, प्रधानमन्त्रीले कूटनीतिक समन्वय र वैदेशिक सम्बन्ध सुदृढीकरणका विषयमा विशेष ध्यान दिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया