दिनदिनै  नयाँ रेकर्ड राख्दै सुनको मूल्य, तोलामा २६ सयले बढ्यो

लोकपथ
1.2k
Shares

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन यसको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ । त्यहाँ सुन प्रतिऔंस ४ हजार २५ डलरसम्म पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँमा रहेको चाँदी आज ५ रुपैयाँले घटेर २९५५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?