काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी–२०आई शृंखलामा जित हासिल गरेको छ ।
आज बुधबार बिहान सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै जित हासिल गरेको हो । ५ खेलको शृंखला नेपालले ३–२ ले जितेको हो ।
नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो । दोस्रो खेलमा ६ विकेटको जित निकालेको नेपाल तेस्रो खेलमा १३ रनले पराजित भएको थियो । चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।
मलेसियाले पाँचौँ अर्थात् अन्तिम खेलमा दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाउँदा पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री भने १५ रनमा अविजित रहिन् ।
मलेसियाकी आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया, नुर दानिया स्युहादा र माहिरा इजातीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् ।
नेपालकी कविता कुँवरले ३ विकेट र राजमती ऐरीले पनि ३ विकेट लिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया