रास्वपाको केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दै

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दैछ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेन्डा समावेश गरिएको छ ।  प्रवक्ता झाले भने,’ बैठकले आगामी विस्तारित बैठकका एजेन्डा तथा व्यवस्थाबारे निर्णय गर्नेछ।’

त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?