देशमा थपिएका चुनौतीको सामना गर्न बलियो राष्ट्रिय शक्ति चाहिन्छ : महासचिव पोखरेल

लोकपथ
147
Shares

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आवश्यकता अझ बढेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले देशमा नयाँ चुनौतीहरू थपिएका भन्दै ती चुनौतीको सामना गर्न सबैले एकजुट हुनुपर्ने बताएका हुन् । 

पोखरेलका अनुसार अहिलेको अवस्थाले राष्ट्रिय एकता र बलियो शक्ति निर्माणको औचित्य झन् बढाएको छ ।

उनले लेखेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?