अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल बिदामा रहेका केही संघीय कर्मचारीहरूले सरकार पुनः खुलेपछि पनि पारिश्रमिक नपाउन सक्ने चेतावनी दिएका छन् ।
सरकारी बन्दका बेला कर्मचारीहरूलाई हटाउने धम्कीपछि आएको यो भनाइसँगै ट्रम्पले डेमोक्र्याटहरूलाई धेरै मानिसहरूलाई जोखिममा पारेको आरोप लगाएका छन् । तर कुन–कुन कर्मचारीले तलब फिर्ता नपाउने भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन् ।
ट्रम्प र डेमोक्र्याट नेताबिच बन्दको जिम्मेवारीबारे दोषारोप चलिरहेको छ। ट्रम्पले गतिरोधका लागि डेमोक्र्याटहरूलाई जिम्मेवार ठहराएका छन् भने डेमोक्र्याट नेताहरूले रिपब्लिकनहरूलाई दोष दिएका छन् ।
सन् २०१९ जनवरीमा ३५ दिन लामो सरकारी बन्दपछि ट्रम्पले प्रभावित संघीय कामदारलाई तलब फिर्ता सुनिश्चित गर्ने कानुनमा हस्ताक्षर गरेका थिए । त्यसअघि यस्ता ग्यारेन्टीहरू कांग्रेसले हरेक पटक कोष विधेयक पारित भएपछि मात्र स्वीकृत गर्दै आएको थियो ।
कंग्रेसनल बजेट कार्यालयका अनुसार हालको बन्दले करिब ७ लाख ५० हजार संघीय कर्मचारीहरूलाई अस्थायी बिदामा पठाएको छ । यद्यपि हवाई ट्राफिक नियन्त्रक र कानुन कार्यान्वयन निकायका अधिकारीहरूजस्ता आवश्यक सेवामा संलग्न कर्मचारीहरू सरकार पुनः नखुलेसम्म तलब बिना काम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया