नुवाकोट । घरायसी विवादका क्रममा शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सविनाको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार मंगलबार साँझ भएको घटनामा सविनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि प्रहरीले अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा उनले आवेशमा आएर श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया