काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिएका छन् ।
मंगलबार साँझ अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालसहितको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । प्रहरीले जाहेरी बुझिसकेको र सरकारी वकिलसँग सल्लाह गरेर २४ घण्टाभित्र दर्ता हुने वा नहुने निर्णय लिने जानकारी दिएको बडालले जानकारी दिए ।
बडालले भने, ‘हामीले कानुनी राज्यको पक्षधर विद्यार्थी भएको नाताले विधिको शासनको वकालत गर्दै जाहेरी दिएका छौँ। प्रहरीले सरकारी वकिलसँग परामर्श गरेपछि लिने निर्णय अनुसार हामी पनि थप कदम चाल्नेछौँ ।’
अनेरास्ववियुले दिएको जाहेरीमा भदौ २४ मा जेनजी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी र प्रहरीमाथि निर्घात कुटपिटको घटनाको उजुरी समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया