बाढी-पहिरोले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द

लोकपथ
98
Shares

काठमाडौं । हालैको ठुलो वर्षा र बाढी–पहिरोका कारण पूर्वी नेपालका जिल्लाहरुमा विद्युत् र पूर्वाधारमा ठुलो क्षति पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजना उत्पादन बन्द भएको जानकारी दिएका छन् ।

भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सबैभन्दा बढी पानी इलाममा परेको र त्यस कारण यहाँ विद्युत् उत्पादनमा ठुलो असर पुगेको बताए । उनका अनुसार रामेछाप र पाँचथरमा क्रमशः एकरएक वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । त्यस्तै, केही निर्माणाधीन आयोजनाहरूमा पनि क्षति पुगेको छ ।

उनले तटबन्ध, सिँचाइ आयोजना तथा मेची राजमार्गका पुलहरूमा पनि क्षति पुगेको जानकारी दिए । क्षतिग्रस्त सडक–पुललाई एक हप्ताभित्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए ।

भट्टले भने, ‘बाढी र डुबानका कारण अन्य संरचनाहरूमा पनि क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउन केही समय लाग्नेछ ।’

यस वर्षा र बाढी–पहिरोका कारण प्रभावित इलाम, रामेछाप र पाँचथरमा विद्युत् आपूर्ति र आधारभूत संरचनामा असर परेको छ । स्थानीय प्रशासन र सम्बन्धित निकायहरू राहत र पुनर्निर्माण कार्यमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?