जाँचबुझ आयोगले भन्यो : अपराधको अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन

लोकपथ
448
Shares

काठमाडौं । जेनजी प्रदर्शनमा भएको दमन र भोलिपल्ट भएको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ ।

आयोगले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको गत ९ असोजको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो विषयमा बोलेको हो । 

सो दिन गृह मन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो । तर जाँचबुझ आयोगले नियमित फौजदारी अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन नपर्खन सुझाव दिएको हो ।

आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने ब्यहोरा सूचित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?