सुदन गुरुङको आग्रह : ‘जेनजीको नाममा आपराधिक गतिविधि नगर्नुहोस्’

लोकपथ
210
Shares

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताएका छन् ।

उनले जेनजी समूहको नाममा आपराधिक गतिविधि भड्काउने प्रयास भइरहेको भन्दै त्यस्ता कार्य नगर्न सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै गुरुङले भनेका छन्, ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदैछ।’

उनले यस्ता गतिविधिमा संलग्न हुनेहरूले कानुन बमोजिम सजाय पाउनुपर्ने बताउँदै आन्दोलन सधैँ शान्तिपूर्ण रहेको र रहने समेत उल्लेख गरेका छन् ।

गुरुङले भनेका छन्, ‘हाम्रो आन्दोलन सधैँ शान्तिपूर्ण नै थियो र रहनेछ। त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?