तीन महिनामै १५ अर्बको विद्युत् निर्यात, भारु र डलरमा आम्दानी

लोकपथ
140
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि अहिलेसम्म नेपालले करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, देशभित्र खपतपछि बाँकी विद्युत् दैनिक औसतमा १ हजार मेगावाट निर्यात भइरहेको छ ।

उनले भने,’भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् विक्री सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा निर्यात भइरहेको छ । साथै, भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।’

विद्युत् व्यापार भारतीय रुपैयाँमा (भारु) र बंगलादेशसम्म अमेरिकी डलरमा भइरहेकोले प्राधिकरणले विद्युत् विक्रीबाट भारु र डलर दुवैमा आम्दानी गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा कुल १,१६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको जानकारी समेत दिएको छ ।

विद्युत् निर्यात बढ्दै गएसँगै नेपालले विदेशी मुद्रा संकलन र ऊर्जा क्षेत्रको क्षमता दुवैमा सकारात्मक परिणाम पाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?