वृद्धभत्ता वृद्धिको घोषणा : सस्तो लोकप्रियता नबनाउन आग्रह

काठमाडौँ, २२ कात्तिक – राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरेका सामाजिक सुरक्षा भत्ता वृद्धि लगायतका योजनालाई सस्तो लोकप्रियता मात्र नबनाउन ज्येष्ठ नागरिकका अगुवाले राजनीतिक दललाई आग्रह गरेका छन् । निर्वाचनका क्रममा मत प्रभावित गर्न मात्र सामाजिक सुरक्षाका विषयलाई घोषणापत्रमा समावेश नगर्न उहाँहरूले दलहरूलाई पनि आग्रह गरेका हुन्, गोरखापत्रमा खबर छ नेपाली काँग्रेस र वाम गठबन्धनको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरी मासिक पाँच हजार रुपियाँ पु¥याउने लगायतका अन्य सामाजिक सुरक्षाका योजना उल्लेख छ । दलका नेता सरकारमा गएपछि घोषणापत्रमा समावेश सामाजिक सुरक्षा योजनालाई व्यवहारमा कार्यान्वयन गर्न अडिग हुनुपर्ने ज्येष्ठ नागरिकका अगुवाहरूले बताए राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सदस्यसचिव जयप्रकाश केरुङले दलहरूले निर्वाचनका क्रममा मत प्रभावित गर्नका लागि मात्र घोषणापत्रमा सामाजिक सुरक्षाका योजना समावेश गरेको भए त्यो विडम्बना हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?