काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको उक्त बैठकमा हालैका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार बैठकले राहत वितरणको समन्वय, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, अस्थायी र स्थायी वासस्थानको व्यवस्था लगायतका विषयमा महत्त्वपूर्ण निर्णय गर्नेछ ।
बैठकमा प्रधानमन्त्री कार्की, संघीय मन्त्रीहरू, बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीहरू, मन्त्रालयका सचिवहरू तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया