निर्वाचन आयोगले आज दिउँसो प्रधानमन्त्रीसँग छलफल गर्ने, दलहरूसँग पनि छलफलको तयारी

लोकपथ
91
Shares

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका  सार्वजनिक गरेसँगै आज मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग यो विषयमा छलफल गर्ने भएको छ । आयोगले हिजो सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै सरोकारवालाहरूसँग छलफल र संवाद थाल्ने निर्णय गरेको थियो । त्यहीअनुरूप आयोगका पदाधिकारीले आज दिउँसो ३ बजे सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न लागेको हो । 

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज मंगलबार दिउँसो ३ बजे सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग छलफल गर्ने तयारी रहेको बताए । उनले निर्वाचनको तयारी, शान्ति सुरक्षा, मतपेटिका, मतपत्रलगायतका सामाग्रीहरूको व्यवस्थापन, मतदाता नामावली लगायतका विषयमा छलफल हुने बताए । 

प्रधानमन्त्रीसँगको छलफलपछि आयोगले राजनीतिक दलहरूसँग पनि छलफल गर्ने भएको छ । सूचना अधिकारी घिमिरेले राजनीतिक दलहरूसँग पनि छलफल गर्ने तयारी र गृहकार्य भइरहेको बताए । उनले त्यसक्रममा दलहरूसँग आयोगले गरेको तयारी र कुनै विषयमा कन्फ्युजन छन् भने त्यसबारेमा पनि दलहरूलाई प्रस्ट पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?