अवरुद्ध कटारी-घुर्मी सडक खुल्यो

लोकपथ
112
Shares

 उदयपुर । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको सिद्धिचरण मार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ खसेको पहिरोका कारण सो सडकखण्डमा यातायात आवागमन रोकिएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँले सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी–घुर्मी भएर ओखलढुङ्गा र खोटाङतर्फ यातायात सञ्चालन सुरु भएको जानकारी दिए ।

उनका अनुसार हाल सडक खुल्ला भए पनि रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?