बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म।प्र।०२–००१ ज ००७२ नम्बरको इभी गाडीले भित्री बाटोबाट हाइवेतर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित बनेपछि सडकबाट करिब १५ फिट तल खोल्सीमा खसेको हो ।
दुर्घटनामा गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालक गरी १६ जना घाइते भएका छन् । घाइते सबैलाई स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया