बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु

लोकपथ
210
Shares
फाइल तस्बिर

काठमाडौं । गत असोज १७ र १८ गतेको लगातार वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ। मृतकमध्ये १९ पुरुष, २६ महिला र १५ जना बालबालिका रहेका छन् ।

सबैभन्दा धेरै इलाममा ३७ जनाको मृत्यु भएको छ । पाँचथरमा ८ जना, उदयपुरमा ३ जना, खोटाङमा २ जना, सुनसरी, मोरङ, महोत्तरी, सिन्धुली र सिन्धुपाल्चोकमा १–१ जना र काभ्रेपलाञ्चोकमा २ जनाको मृत्यु भएको छ ।

सुरक्षाकर्मी र स्थानीय प्रशासनले मृतक र बेपत्ता व्यक्तिको विवरण संकलन गरिरहेको छ । प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तीव्र पारिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?