बाँकेमा ब्राउनसुगरसहित एक युवक पक्राउ

लोकपथ
161
Shares

बाँके । अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका–२१ गंगारामपुरबाट आइतबार राति २४ वर्षीय सोनु अलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अलीको साथबाट ब्राउनसुगर जस्तो देखिने २ ग्राम १ सय ९० मिलिग्राम पदार्थ बरामद गरिएको छ ।

प्रहरी चौकी तेलियनपुरबाट खटिएको टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

पक्राउ परेका अलीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?