सुर्खेत । सल्यानमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।
शारदा नगरपालिका–८ जावलपुर, खलंगास्थित सुनाचौरतर्फ जाँदै गरेको लु.प्र.०२-००१ च ०१८६ नम्बरको डबलक्याप जीप दिउँसो करिब १ बजे सडकबाट करिब ४० देखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार घाइतेमध्ये केहीको उपचार जिल्ला अस्पताल सल्यानमा र केहीको कर्णाली अस्पताल श्रीनगरमा भइरहेको छ ।
जीप चालक २७ वर्षीय सुरेन्द्र कुवँर गम्भीर घाइते भएका छन् । उनको टाउको, कान र हातमा चोट लागेको छ ।
त्यस्तै, ६२ वर्षीया भोटी कुमारी बुढाथोकी, १८ वर्षीय कुलबहादुर बुडा, ६९ वर्षीय लालबहादुर भण्डारी, र २१ वर्षीया मञ्जुरी राना घाइते भएका छन् । मञ्जुरी रानाकी ५ महिनाकी छोरी एलिशा राना भने सामान्य अवस्थामा छिन् ।
यस्तै, २६ वर्षीय सुशील कुवँर र ८५ वर्षीय भूपबहादुर विकको देब्रे हातमा सामान्य चोट लागेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया