बेनिघाट–लार्के सडकको पहिरो हटाइयो

लोकपथ
84
Shares

गोरखा । बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको हो । 

अत्यधिक वर्षाका कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बिच बाटोमै थन्किएका थिए । माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिए । 

तातोपानी र दोभानको बिचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?