माओवादी केन्द्रद्वारा विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ ।  

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको बताएका हुन् ।  

नेता सापकोटाले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरु सहमत नै रहेको बताए । निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने उल्लेख गरे । उनले नेपाली कांग्रेस, नेकपा एमालेको केन्द्रीय समितिको बैठकबाट पनि राजनीतिक दलहरुले आफ्नो धारणा स्पष्ट राख्ने बताए ।

अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौती आएको बताए । यसले रुपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको पनि बताए । पार्टीलाई एकताबद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरुसँग एकताका लागि पहल जारी राख्ने पनि बताए ।

उनले दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने जानकारी दिए । समाजवादी मोर्चालाई सक्रिय पार्ने, पार्टी एकताको सम्बन्धका बारेमा पनि छलफल भएको बताए । विचार मिल्नेहरुसँग एकताका लागि सकारात्मक छलफल भइरहेको बताए । निर्वाचनलाई सफल पार्न संसद्मा भएका सबै राजनीतिक दलहरुसँग छलफल गरेको र तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?