काठमाडौं। नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा भाग लिने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ । हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको छ, केही समयपछि त्यसको परिणाम देखिनेछ ।’
दाहालले बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र अब गर्नुपर्ने कामबारे पनि छलफल भएको जानकारी दिएका छन् । उनले भने, ‘देशभर विपद्ले कहाँ-कहाँ कति क्षति भयो भन्ने जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ । हामी कसरी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो केन्द्रीय समितिले निर्णय गरिसकेको छ ।’
माओवादी केन्द्रले आगामी निर्वाचनमा आफ्नो सक्रिय सहभागिता जनाउने संकेत गरेसँगै राजनीतिक माहोलमा यसले प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया