गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छ : ट्रम्प

लोकपथ
63
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा जारी युद्ध अन्त्य र कैदीहरूको रिहाइका लागि हमाससँग भइरहेको वार्ता अपेक्षाकृत सफलतापूर्वक अघि बढेको बताएका छन् ।

ट्रम्पका अनुसार प्राविधिक टोलीहरू यसै हप्ता इजिप्टमा पुनः बैठक गरी सम्झौताको अन्तिम रूप दिन्छन् । सम्झौताका प्रमुख बुँदामा शत्रुता अन्त्य, इजरायली सेनाको फिर्ती, र कैदीहरूको आदान–प्रदान समावेश छन् ।

ट्रम्पले चेतावनी दिँदै भने, ‘यदि हमासले गाजा पट्टीको नियन्त्रण हस्तान्तरण गर्न अस्वीकार गर्‍यो भने पूर्ण उन्मूलनको सामना गर्नुपर्नेछ ।’ कतार, इजिप्ट र अमेरिकाको नेतृत्वमा चलिरहेको कूटनीतिक प्रयासले वार्ता प्रगति गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?