काठमाडौं । रोशी खोलाले बगाएर काभ्रेको तिमाल घर भएकी एक महिलाको मृत्यु भएको छ । रोशी खोलामा आएको बाढीले आफ्नो खेतमा पुर्याएको क्षति हेर्न खोला तर्ने क्रममा बगाउँदा ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, उनको शव स्थानीयले खोलाबाट निकालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया