चितवन । चितवनमा आज (सोमबार) कारले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ र बा प्र ०६–००१ प ९३९१ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य, गोरखाको भीमसेन थापा गाउँपालिका-१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उनकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका छन् ।
घाइतेहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
प्रहरीका अनुसार कार चालक धनुषाको मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया