माओवादीको सचिवालय बैठक बस्दै

लोकपथ
140
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो १ बजे बैठक सुरु हुने तय भएको छ ।

बैठकमा हालैको विपद्पछि देशभरको अवस्थाको समीक्षा, आउँदो विशेष महाधिवेशनको मिति निर्धारण तथा प्रतिनिधि छनोटलगायत एजेन्डामा छलफल हुने जनाइएको छ ।

यसअघि बसेको माओवादी केन्द्रको बैठकले केन्द्रीय कमिटी भंग गर्दै विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । मंसिरको अन्तिम सातातिर महाधिवेशन गर्ने तयारी भए पनि सोको ठ्याक्कै मिति भने अझै तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?