विश्वकप छनोटअघि नेपालले आज कतारसँग अभ्यास खेल खेल्दै

लोकपथ
1.4k
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज कतारसँग अभ्यास खेल खेल्दैछ ।

विश्वकप छनोट प्रतियोगिता नजिकिँदै गर्दा नेपालले तयारी सुदृढ गर्नका लागि यो दोस्रो अभ्यास खेल खेल्न लागेको हो । नेपाल र कतार बिचको खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि शनिबार भएको पहिलो वार्मअप खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरमै चार विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालले आजको खेलमार्फत टोली संयोजन र रणनीति परीक्षण गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?