वडाध्यक्ष नै दलित परिवारको घर तोडफोडमा उत्रिए, पीडितको जाहेरीपछि पक्राउ

लोकपथ
1.1k
Shares

काठमाडौं । सिराहाको कल्याणपुर नगरपालिका-८ का वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ । त्यस वडाको अरङका पाँच दलित परिवारको घर भत्काएको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

सो घटनामा वडाध्यक्ष यादवको पनि संलग्नता रहेको भन्दै पीडितले उनीसहित १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।

अरङको ठूलो पोखरीको उत्तरपट्टि डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो । घर तोडफोड र लुटपाट हुनेमा विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान, शोभित पासवान र रासलाल पासवान छन् । 

असोज १ गतेको विश्वकर्मा पूजामा अरङ बजारको आर्केस्ट्रा स्थलमा दलित समुदायसँग विवाद हुँदा त्यस घटनाविरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दिएपछि उनीहरूले घर तोडफोड गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?