जहाजको टिकट नपाएपछि मन्त्रीद्वय अर्याल र घिसिङको इलाम भ्रमण स्थगित

लोकपथ
3.3k
Shares

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङको इलाम भ्रमण स्थगित भएको छ । सोमबार उनीहरू पहिरो प्रभावित इलाम पुग्ने तयारीमा रहेका भए पनि जहाजको टिकट नपाएपछि भ्रमण रोकिएको हो  ।

मन्त्रीद्वयले असोज १८ र १९ गतेको अविरल वर्षाबाट बढी प्रभावित इलामका बस्तीहरूको स्थलगत अवलोकन गर्ने योजना बनाएका थिए । 

त्यस क्रममा उनीहरू काठमाडौंबाट नियमित उडानमार्फत झापा (भद्रपुर) पुग्ने र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम जाने कार्यक्रम तय गरिएको थियो ।

गत असोज १८ र १९ गतेको लगातार वर्षाका कारण इलाममा ठूलो पहिरो खसेको थियो । उक्त घटनामा तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने दर्जनौँ घरधुरी पुरिएका छन् । सडक तथा सञ्चार प्रणाली समेत अवरुद्ध बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?