वर्षा रोकिएसँगै सप्तकोसी नदीको बहाव घट्दो

लोकपथ
161
Shares

काठमाडौं । अविरल वर्षा राकिएसँगै सप्तकोसी नदीको बहाव घटेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ ।

गएराति पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उनले बताए ।

अहिले कोसी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताए । आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?