नेपाल एयरलाइन्सको भैरहवा-काठमाडौं उद्धार उडान आज

लोकपथ
413
Shares

काठमाडौं । भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सले आज (सोमबार) चार्टर उडानमार्फत काठमाडौं ल्याउने तयारी गरेको छ ।

अविरल वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई नेपाल एयरलाइन्सले आज काठमाडौं-भैरहवा-काठमाडौं उद्धार गर्न लागेको हो ।

एयरलाइन्सका अनुसार उडान काठमाडौंबाट दिउँसो १ बजे र भैरहवाबाट काठमाडौंका लागि दिउँसो २:४५ बजे प्रस्थान गर्ने तालिका तय गरिएको छ।

आइतबार राति नै यात्रुहरुलाई काठमाडौं ल्याउने योजना बनाइए पनि अन्तिम समयमा तयारी नपुगेका कारण उडान स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?