काठमाडौं । शुक्रबार रातिदेखि लगातार परेको वर्षाका कारण अवरुद्ध बनेको मुग्लिन-काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
सडकका विभिन्न स्थानमा खसेका पहिरो हटाइएपछि सवारी आवागमन सुरु भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै बिच बाटोमै रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकासहितका क्षेत्रहरूमा पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । राजमार्ग बन्द भएपछि काठमाडौंतर्फ गइरहेका सवारी साधनहरूलाई मुग्लिनमा रोकिएको थियो ।
अझै पनि केही स्थानमा पहिरोको जोखिम कायम रहेकाले सवारी चालक र यात्रुलाई सतर्क रहन ट्राफिक कार्यालयले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया