इलाम पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, ४ जना बेपत्ता

लोकपथ
1.8k
Shares

काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोमा परी इलामका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज दिउँसो १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् ।

पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोमा परी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका–६ घोसमा ६, सन्दकपुर गाउँपालिकामा ४, माङ्सेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८, माइजोगमाई गाउँपालिकामा ७ र फाकफोकथुम गाउँपालिकामा १ गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिइन् ।

विपद्‌मा परी सन्दकपुर गाउँपालिकामा २ तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा १र१ जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?