पहिरोपछि रोकिएको अरनिको राजमार्गमा यातायात चल्न थाल्यो

लोकपथ
245
Shares

काठमाडौं । अविरल वर्षापछि पहिरोले अवरुद्ध भएको अरनिको राजमार्ग र दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात सुचारु भएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार काभ्रे र सिन्धुपाल्चोकमा परेको स-सना पहिरो पन्छाएर राजमार्ग खुलाइएको हो । अहिले सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका जिल्लाबाट गाडीहरु नियमित आवतजावत गर्दैछन् ।

अविरल वर्षा र पहिरोका कारण धुलिखेल–खावा, पकुचाल लगायतका ठाउँमा सडक अवरुद्ध भएको थियो । शनिबार बिहानैदेखि यातायात बन्द भएको थियो ।

सडक डिभिजन कार्यालयले यात्रुहरुलाई अझै केही ठाउँमा जोखिम कायमै रहेको जानकारी दिएको छ र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?