इलाम । इलाम जिल्लामा आएको बाढीपहिरोका कारण घाइते भएका सर्वसाधारणलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
माङसेबुङ-१ गजुरमुखीबाट गम्भीर घाइते एक गर्भवती महिलासहित अन्य घाइतेहरुलाईको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा बाढीपहिरोका कारण ठूलो मानवीय क्षति भएको छ ।
लगातारको वर्षासँगै पहिरोका कारण इलामका विभिन्न क्षेत्रमा घर, सडक र खेतीपातीमा समेत ठूलो क्षति पुगेको छ । सुरक्षाकर्मी, स्थानीयवासी र विभिन्न उद्धार टोलीले जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया