काठमाडौंका नदीहरुमा पानीको बहाव घट्दै, जोखिम अझै कायम

लोकपथ
154
Shares

 काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा रोकिए पनि नदीहरूमा बाढीको जोखिम अझै कायम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, विष्णुमती लगायतका नदीहरूको मुहान क्षेत्रमा वर्षा भइरहेकाले जोखिम घटेको छैन ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभर जनजीवन कष्टकर बनेको थियो । मौसमविद्हरूका अनुसार आइतबारदेखि मौसम खुल्दै गएको छ र आज साँझसम्म देशभरको मौसम खुल्ने अपेक्षा गरिएको छ ।

यसबिच, बगाएर आएको रुख र हाँगाबिँगाहरु पुलमा अड्किँदा पानी थुनिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय प्रशासन नदीहरूबाट अड्किएका रुख तथा पानी सफा गर्ने कार्यमा परिचालित छन् ।

उपत्यकामा नदीको बहाव केही कम भए पनि नागरिकलाई अझै सतर्क रहन विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?