इलाम । अविरल वर्षापछि आएको पहिरोका कारण इलाम जिल्लामा हालसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विवरणअनुसार, सूर्योदय नगरपालिका-१ मा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । इलाम नगरपालिका–६ (घोस) मा ६ जनाको मृत्यु भएको छ । त्यस्तै, देउमाई नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ र माइजोकमाइ गाउँपालिकामा ८ जनाको ज्यान गएको छ ।
उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, स्थानीय तह र प्रहरीका संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छन् । बीओपी मानेभञ्याङ, नं १ श्रीअन्तु गण, इलाम र सुरक्षा बेस बाँझोका उद्धारकर्मीहरू उद्धार कार्यमा सक्रिय छन् ।
स्थानीय तह, सुरक्षा निकाय र समुदायको सहकार्यमा उद्धार तथा राहत कार्य लगातार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया