काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशभर २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन गरेको जनाएको छ ।
नेपाली सेनाका रथी विष्णुकुमार खड्काका अनुसार सेनाले देशका ७७ वटै जिल्लामा तैनाथ ९४ वटा गणहरुबाट एक–एक गुल्म र ५८ वटै गुल्महरुमा एक–एक स्ट्यान्ड बाइ फौज उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ ।
उनका अनुसार २७ स्थानमा विशेष तालिम प्राप्त २ सय ३७ जना उद्धारकर्मी आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको छ । उद्धार कार्य छिटो र प्रभावकारी होस् भन्ने उद्देश्यले सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर समेत अग्रिम रूपमा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
रथी खड्काले डुबान प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र उद्धारका कामहरू नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय निकायबिचको संयुक्त समन्वयमा भइरहेको बताए ।
उनले भने, ‘मौसम पूर्वानुमानमा अत्यधिक वर्षाको सम्भावना देखिएसँगै हामीले अग्रिम तयारी स्वरूप उद्धारकर्मी र स्रोतसाधन तैनाथ गरेका थियौँ । अहिले ती उद्धारकर्मीहरू सक्रिय रूपमा विपद् प्रभावित क्षेत्रहरूमा परिचालित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया