काठमाडौं । भारी वर्षाका कारण सप्तकोसी नदीमा जलसतह बढेर खतराको सीमाभन्दा माथि पुगेको छ । जलसतह बढेसँगै ब्यारेजका ५६ वटै ढोका खुला गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार आइतबार बिहान ९ बजे कोसी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड ३ लाख ३५ हजार क्युसेक पुगेपछि ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको थियो ।
अहिले पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ । यो खतराको सीमाभन्दा धेरै माथि रहेको छ ।

सप्तकोसीमा प्रतिसेकेन्ड ३ लाख क्युसेक मिटरभन्दा माथि पुगेपछि खतरा मानिन्छ । अहिले करिब ५ लाख क्युसेक प्रतिसेकेन्ड पुगिसकेको छ ।
कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान छ ।
कन्ट्रोल रुमका अनुसार अहिले ब्यारेजका सबै रातो बत्ती बालिएको छ र दाउरा संकलन वा अन्य कामका लागि सप्तकोसीमा नजान आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया