काठमाडौं । अविरल वर्षापछि बढेको विष्णुमती खोलाको सतह क्रमशः घट्न थालेको छ ।
शुक्रबार रातिदेखि निरन्तर परेको वर्षाले खोलाको पानीस्तर उच्च विन्दुमा पुगेपछि आसपासका बस्तीमा जोखिम बढेको थियो । तर आइतबार बिहानदेखि वर्षा रोकिएसँगै पानीको सतह पनि घट्न थालेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल विष्णुमती खोलाको बहाव सामान्य अवस्थामा फर्कँदै गएको र तत्कालका लागि ठूलो जोखिम नरहेको बताइएको छ । तर सतर्कता अपनाउन अनुरोध गरिएको छ, किनभने माथिल्लो भेगमा अझै हल्का वर्षा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया